भुँडीपुराण प्रकाशनको “रित्तो कोठाको तस्बिर” चेतनाथ आचार्यद्वारा तयार पारिएको कथा संग्रह हो ।
यौन मनोविज्ञानको सफल र हृदय हलाउने चित्रणले सजिएको यी दस सुन्दर कथाहरूको संगालो ‘रित्तो कोठाको तस्बिर’ शिर्षकमा हाम्रा पाठकहरूसमक्ष प्रस्तुत गरेर रचनाकार चेतनाथ आचार्यले नेपाली साहित्यलाई प्राञ्जल र प्रेरणादायी तुल्याएका छन् । प्राञ्जल भन्नाको कारण के हो भने उनको भासा सरल भएर पनि स्तरीय, प्रेमसम्बन्धी वर्णनमा चुर्लुम्मिएर पनि शिष्ट तथा चरम उत्सुकतापूर्ण भएर पनि शान्त र स्थिर छ । अन्तिम अनुच्छेदमा नपुगुन्जेल भेदी नखुल्नु र पुछारमा पुगेपछि स्तब्ध हुन पुग्नु कथा लेखनको प्रशंसनीय उपलब्धि हो र यिनै कारणले नै कथाकारको प्रेरणादायी सफलता सुदृढ छ ।
| Book | |
|---|---|
| ISBN | 9789937561303 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | चेतनाथ आचार्य |