भुँडीपुराण प्रकाशनको “बौलाहाको डायरी” भरत पोखरेलद्वारा तयार पारिएको कविता संग्रह हो ।
प्रस्तुत कविता संग्रहमा पोखरेलले समसामयिक नेपालको राजनीति, यहाँका नेता, तिनको चरित्र, मुलुकको दुरवस्था, देशको सार्वभौमिकता, प्रकृतिमाथि मानवले गरेको अतिक्रमण, भ्रष्टाचारको बिगबिगी, विपन्न जनताका पीडा, युवाहरूको विदेश पलायन, महिला, दलित र पछाडी परेका वर्गका विवशता, सामाजिक विकृति, विसंगति आदिलाई आफ्ना कविताको विषय बनाएका छन् ।
विगतमा आफ्नैहरूले अन्तर्घात गरी पराजयको पीडा भोग्नुपरेको तीतो यथार्थ र राजनीति गर्नेहरूका अराजनीतिक प्रवृत्ति, नेतृत्वको संकटकै सेरोफेरोमा स्रष्टाको मन दुखेको छ र कविता जन्मिएको छ ।
| Book | |
|---|---|
| ISBN | 9789937625807 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | भरत पोखरेल |