भुँडीपुराण प्रकाशनको “उज्यालोतिर” तारा गाउँलेद्वारा रचिएको कविता संग्रह हो ।
यस परिवर्तनशील दुनियाँलाई बुझ्ने सिलसिलामा कविले आफ्नो भोगाइमा जे देखे, बुझे त्यसलाई कवितामा उतार्ने कोसिस गरेका छन् ।
अनिल पौडेलका शब्दमा:
“तारा लाभको भिडबाट अलग्ग बसे र सिर्जना कर्ममा तल्लिन रहे त्यसैबाट निरङ्कुश व्यवस्थालाई चिथोरेर र कोपरेर घाटमै पुर्याए । अढाइसय बर्ष पुरानो सामन्ती संस्कारका जरामा हानेको हान्यै गरे। उनका र उनीजस्तै सिर्जनाकर्मीका कर्मले त्यसलाई खुइल्यायो, गलायो र सेलायो ।”
| Book | |
|---|---|
| ISBN | 9789937702867 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | तारा गाउँले |