नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-२

Price:

NPR 700.00


नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-२

भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग २)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको तेस्रो भाग हो ।

NPR 700.00 700.0 NPR NPR 700.00

NPR 700.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग २)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको तेस्रो भाग हो ।

पुस्तकबाट साभार:

“दिल्ली सम्झौतामा नेपाली काङ्ग्रेसको सहभागिता भने थिएन। नेपाली सरकारबाट केशरशमशेर र भारत सरकारका तर्फबाट चन्देश्वरप्रसादनारायण सिंहले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए भनेर भनेका छन् । अर्थात दिल्ली सम्झौता नेपालको राणा पक्ष र भारत सरकारको बीच सम्पन्न भएको थियो र त्यसलाई स्वीकार गर्न नेपाली काङ्ग्रेसलाई बाध्य बनाइएको थियो ।

त्यतिखेर मातृकाप्रसाद कोइराला र राजा त्रिभुवनको घनिष्ठ सम्बन्ध भएकाले यी दुवै व्यक्ति विश्वेश्वरप्रसाद कोइराला र नेपाली काङ्ग्रेसलाई राजनीतिक फाइदा उठाउन दिन चाहँदैन थिए ।

हालै नेहरुले भारतीय संसद्मा नेपाललाई जे भन्नुभयो त्यसले देशभक्त नेपालीको मनमा चिन्ता पैदा गरेको छ । एक सार्वभौमिक सत्तासम्पन्न राष्ट्रको सीमालाई आफ्नो सुरक्षाको सिमाना हो भन्नु सरासर ज्यादती हो । यसबाट नेपालको अस्तित्वलाई नै नमान्न खोजेको स्पष्ट देखिन्छ ।

जुन प्रजातन्त्रले राणाहरूको कैदमा रहेको राजतन्त्रलाई मुक्त गरेको थियो, त्यही राजतन्त्रले त्यही प्रजातन्त्रलाई कैद गर्यो । अब राजनीतिक दलहरूको लागि पुन: संघर्ष गर्नु सिवाय अर्को विकल्प रहेको थिएन ।”

Book
ISBN 9789937729123
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) डा. राजेश गौतम