भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ७)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको सातौँ भाग हो ।
यस पुस्तकमा जन-आन्दोलन:२०४६ को सुरूदेखी बहुदलीय व्यवस्थाको पुनर्स्थापनासम्मको घटनाक्रम समेटिएको छ ।
पुस्तकबाट साभार:
“यस वर्षको फागुन ७ गतेले धेरै जनालाई धेरै किसिमले अप्रत्याशाको झट्का दिएको हुनुपर्छ । त्यस दिन जुन विस्मयकारी ढंगमा अधिराज्यभरि २९ वर्ष अघि प्रतिबन्धको भोटेताल्चा मारेर निषेधको फलामे सन्दुकभित्र कोचिएको राजनीतिक पार्टीहरूका झण्डा फहराइए र सहर मात्र होइन गाउँ-गाउँका सडक गल्लीहरूमा प्रजातन्त्रका नाराहरू गुञ्जायमान भए, त्यसले एउटा साँघुरो घेरामा खुम्चिएर बसेको हाम्रो राष्ट्रिय चेतनालाई हल्लाएर छोडिदिनु स्वाभाविकै हो । यसै कारण आन्दोलनको तुफानी उद्घाटन सरकार प्रतिपक्ष र सर्वसाधारण नेपाली सबैका निमित्त अद्भुत आश्चर्यको कुरो बन्न पुगेको छ ।”
| Book | |
|---|---|
| ISBN | 9789937729208 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | डा. राजेश गौतम |