भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ८)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको आठौँ भाग हो ।
यस पुस्तकमा बहुदलिय व्यवस्थाको पुनर्स्थापनादेखि आमनिर्वाचन २०४८ सम्मको घटनाक्रम समेटिएको छ ।
पुस्तकबाट साभार:
“यथार्थमा त्यतिखेर गणेशमान सिंहले प्रधानमन्त्री पद लिएको भए नेपालको प्रजातान्त्रिक राजनीतिलाई आफ्नो पकडमा राखिराख्न चाहने कोइराला परिवारको लागि त्यो स्वीकार्य हुँदैनथ्यो र त्यहींबाट विरोधको पहिलो स्वर निस्कन्थ्यो । गणेशमान सिंहले यो कुरा पनि प्रस्टसँग बुझेका थिए । उनी नेपालको प्रजातान्त्रिक राजनीतिमा आफ्नो कारणबाट विरोध र विवाद प्रवेश गराई नेपाली काङ्ग्रेसलाई कमजोर बनाउन चाहेनन् । त्यसैले पनि उनले प्रधानमन्त्री पद अस्वीकार गरेका थिए ।”
| Book | |
|---|---|
| ISBN | 9789937729239 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | डा. राजेश गौतम |