भुँडीपुराण प्रकाशनको “टिप्पन समालोचना” खेम थपलियाद्वारा तयार पारिएको समालोचना हो ।
नेपाली साहित्यमा उर्जाशील रुपमा विकास हुँदै आएको समाजवादी-यथार्थवादी धारालाई यो पुस्तकले पक्रेको छ ।
यो पुस्तकको केन्द्रमा मार्क्सवादी विश्वदृष्टिकोण रहेको छ ।
यहाँ यही विश्वदृष्टिकोणअनुसार कला-साहित्यको उद्देश्य पर्गेल्ने प्रयत्न गरिएको छ ।
कम्युनिस्ट एवम् वामधाराको लेखन र पठन सघन बन्दै गएको नेपाली सन्दर्भमा यो पुस्तक धेरैका लागि अध्ययनसामग्री बन्ने छ ।
यसले लेखक-स्रष्टाहरूलाई उत्प्रेरकको काम पनि गर्नेछ ।
यो पुस्तकमा साहित्यका विविध विधाका एकसय दशवटा पुस्तकको समालोचना गरिएका छन् ।
यहाँ मार्क्सवादी सौन्दर्यचिन्तक चैतन्य, विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ देखि नन्दकिशोर पुन ‘पासाङ’ सम्मका पुस्तकहरूको टिप्पन समालोचना गरिएको छ ।
Book | |
---|---|
ISBN | 9789937729338 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | खेम थपलिया |