भुँडीपुराण प्रकाशनको “उज्यालोको खोजीमा: संघर्षका पाइला” खिमा रिजालद्वारा तयार पारिएको संस्मरण हो ।
यो पुस्तक माओवादी द्वन्द्वकालको संस्मरण भन्न सकिन्छ ।
यस कृतिमा लेखकले ती साहसिक नारी पात्रहरूलाई सम्झेकी छिन्, जसले माओवादी द्वन्द्वकालमा कल्पनै गर्न नसकिने जेलब्रेकजस्ता कार्यहरू गरी नेतृत्व तहबाटै स्याबासी समेत पाएका थिए ।
त्यसै गरी उनले त्यस्ती आमालाई समेत सम्झेकी छिन् जसले सुरक्षा निकायको आँखाबाट बच्न दोकोको तलमाथि घाँस, पराल, स्याउला राख्दै बीचमाचाहिँ खाना राखेर भूमिगत कार्यकर्ताकहाँ पुर्याउँथिन् ।
अनि रुकुमकी अर्की योद्धा धनमाया श्रेष्ठलाई समेत सम्झेकी छिन् जो द्वन्द्वको समयकी प्रथम महिला सहिद पनि हुन् ।
त्यसै गरी लेखकले सुरक्षा निकायबाट बलात्कृत भएका, यातना दिइएका, जिउंदै जलाइएका, अनि प्रहरीकै हतियार खोस्न सफल धेरै महिला योद्धालाई समेत सम्झेकी छन् ।
| Book | |
|---|---|
| ISBN | 9789937729376 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | खिमा रिजाल |