भुँडीपुराण प्रकाशनको “कवि भानुभक्तको जीवनचरित्र” युवाकवि मोतीराम भट्टद्वारा रचिएको आदिकवि भानुभक्तको जीवन र साहित्यिक वृत्तान्त हो ।
मोतीराम भट्टका शब्दमा:
“हे रसिकवर्ग !
कदाचित् ‘कवि भानुभक्ताचार्य’ को कविता हेरेर तपाईंहरूको इच्छा जीवनचरित्र पनि हेर्नको भयो होला, तस् अर्थ कविको जीवनवृत्तान्त हालमा लेखी छपायाको छु । सो हेरी निज कविका समग्र वृत्तान्त जानी मेरा उपर करुणा रही प्रसन्न हुनुभयो भने भला मेरो परिश्रम पनि सुफल होला । यथाशक्य कविका निर्मित श्लोक बयान समेत राखी यो जीवनचरित्र लेखेको छु । कवि भानुभक्ताचार्यका भतिजा रामदत्तकन मो अनेकानेक धन्न्यवाद दिन्छु, जस्ले मलाई निज कविका अनेक हाल यथार्थ भन्नु भयो, जसका कृपाले यो पुस्तक जन्म भयो ।”
| Book | |
|---|---|
| ISBN | 9789937729666 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | मोतीराम भट्ट |