भुँडीपुराण प्रकाशनको “गैँडालाई चार वर्ष” कमल जंग कुँवरद्वारा तयार पारिएको संकलन सामग्री हो ।
कमलजंग कुँवर वन, वन्यजन्तु र वातावरण संरक्षणका क्षेत्रमा पच्चीस वर्षदेखि क्रियाशील छन् । उनले चितवन राष्ट्रिय निकुञ्जमा सहायक वार्डेन छँदा चोरी सिकार प्रतिरोध इकाइको प्रमुख भई गैँडा संरक्षणमा उल्लेखनीय भूमिका खेलेका छन् ।
यस पुस्तकमा लेखकले आफ्ना सबै अनुभव समेटेर पुस्तक तयार पारेका छन् ।
केही पनि नलुकाईकन, केही पनि ढाकछोप नगरीकन, यो पुस्तक तयार पारिएको छ ।
यो पुस्तकले नेपालमा गैँडा संरक्षणको जटिलता र महत्त्वबारे छर्लंग पार्ने प्रयत्न गरेको छ ।
यसै पुस्तकबाट साभार “गोली खोज्न गैँडाको शरीर काट्दै जाँदा तेह्र-चौध महिनाको बाछा पेटमा मृत अवस्थामा भेटियो। त्यो देखेर मेरा आँखा रसाए । गोली बच्चाको ठीक माथिपट्टिबाट गएर माउ गैँडाको मुटुमा लागेको रहेछ । रडको गोली भेटिएकाले भरुवा बन्दुक प्रयोग भएको भन्ने यकिन भयो ।”
Book | |
---|---|
ISBN | 9789937729727 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | कमलजंग कुँवर |