भुँडीपुराण प्रकाशनको “खुसुक्क भन्नुस्” गोपालराज मैनाली र माणिकरत्न शाक्यद्वारा तयार पारिएको एक हाँस्य व्यंग्य संग्रह हो ।
कृष्णप्रसाद पराजुलीका शब्दमा “मैनाली आफ्ना जुनसुकै रचनामा थोरैमा धेरै कुरा व्यक्त गर्छन् – खिरिलो र सजिलो भाषामा खँदिलो र गहकिलो भाव प्रवाहित गर्ने कला उनीमा छ ।”
संकलक झ्याइकुटीका शब्दमा “यस कृतिमा उहाँ (गोपालराज मैनाली)ले देखेका, भोगेका कुरालाई सिस्नो हान्नका लागि प्रयोग गर्ने शब्द चयन, शैलीले गर्दा विभिन्न मिठासको स्वादमा च्वाट्टच्वाट्ट अचारझें जिब्रो पड्काएर खिताखिताउने खालको भएको छ भने अधर्मी-विधर्मी, प्रवृत्ति औतारलाई चड्कन चिउरा ख्वाएर खुत्रुक्कै पार्नसमेत उत्तिकै सक्षम छन् ।”
| Book | |
|---|---|
| ISBN | 9789937729741 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | गोपालराज मैनाली |