भुँडीपुराण प्रकाशनको “बोध, सृजना र सम्पादन” बद्रीप्रसाद ढकालद्वारा तयार पारिएको पुस्तक हो ।
साहित्य त्यस्तो वस्तु हो जसले जस्तै कठोर मानिसलाई क्षणमै पगाल्छ त्यसैले सृजनाभित्र अपार शक्ति छ । कथा गीत, गजल वा श्रव्यदृश्यका माध्यमबाट मानिसभित्रको कोमलपनलाई छुन सकिन्छ र त्यसको प्रभावमा मानिस (सेन्टिमेन्टल) भावात्मक बन्दछ ।
यस पुस्तकको रचना मानिसभित्रको त्यही कोमलपन र त्यसले उमार्ने साहित्यको सृजनाको विषयमा लेखिएको हो। बोध वा अनुभूतिको विषयबाट भाव वा विचारको सृजना र त्यसको सम्पादन पछि प्रकाशनबाट एउटा सिंगो रचना बन्दछ भन्दै साहित्यका विधागत निर्माणको उद्देश्यले तयार पारिएको यस पुस्तकबाट साहित्य सृजना गर्न चाहनेका लागि उपयोगी बन्नेछ भन्ने आशा राखेका छौँ ।
| Book | |
|---|---|
| ISBN | 9789937747479 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | बद्रीप्रसाद ढकाल |