भुँडीपुराण प्रकाशनको "देउदत्त र रानी मुखर्जीहरू" विवश वस्तीद्वारा तयार पारिएको कथासंग्रह हो ।
प्रगतिवादी सर्जक भएको दायित्वलाई पूरा गर्न कथाकार विवश वस्तीले आफूभित्रको राजनीतिक चेतनालाई आख्यान कलाको माध्यमबाट व्यक्त गरेका छन् ।
यस क्रममा उनले देशमा समय-समयमा आएका विभिन्न राजनीतिक आन्दोलन र परिवर्तन, चुनावी गतिविधिभित्रका राजनीतिक र गैरराजनीतिक मूल्य एवं विकृतिहरू, नेतृत्व वर्ग र जनताहरूबीच बढ्दो अन्तराल, बन्दहडताल, वैचारिक द्वन्द्वको पराकाष्ठा, राजनीतिकर्मीहरूका नाटकीय क्रियाकलापहरू, राजनीतिक छलकपट, पार्टीले बदमासी गर्नेहरूलाई दिने गरेको संरक्षण जस्ता प्रसङ्गहरू दिएर उनले देशको समसामयिक राजनीतिक परिवेशप्रति आफ्नो विमति, आक्रोश र असन्तुष्टि जाहेर गरेका छन् ।
| Book | |
|---|---|
| ISBN | 9789937747578 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | विवस वस्ती |