भुँडीपुराण प्रकाशनको “एक सम्बोधन समयमाथि” दीनानाथ शर्माद्वारा तयार पारिएको निबन्धसङ्ग्रह हो ।
प्रस्तुत कृतिको केन्द्रीयतामा दीनानाथ शर्माका प्रमुख निबन्धगत प्रवृत्तिलाई संक्षिप्त रूपमा यसप्रकार देखाइन्छ:
१. प्रक्रितिप्रतिको तीव्र अनुराग, ग्राम्य संस्कृतिप्रतिको तीव्र सम्मोहन, ग्राम्य कृषिजीवनका वैभवको महिमा गान र पर्यावरणीय चेतना ।
२. मान्छेभित्रका चेतन – अचेतना, अस्तित्वबोध, आत्मचेतनता, आत्मप्रकटीकरण र वैयक्तिक तथा सामाजिक राजनीतिक जीवनका भोगाइ र अनुभूतिको निश्छल प्रकटीकरण ।
३. समयबोध, समाजबोध, परिवर्तित राजनीतिक तथा समसामयिक सन्दर्भका साथै राष्ट्रप्रेमको अभिव्यक्ति र देशप्रेम तथा मातृप्रेमका बीचको समीकरण ।
४. मानवसभ्यता, विश्वचेतना, अतीतप्रतिको गौरवबोध र भविष्यदृष्टि तथा कतिपय निबन्धमा दार्शनिक चेतनाको समेत अभिव्यक्ति ।
५. प्राकृतिक प्रकोपका दारुण अवस्था, प्रकृतिका सौम्य र रौद्र दुवै रूपावास्थाको चित्रणका साथै तज्जन्य अनुभूतिको अभिव्यक्ति ।
६. कोरोनाको सन्त्रास, त्यसले विश्वमानव समुदाय र नेपाली जीवन तथा समाजमा पारेको प्रतिकूल प्रभावको अभिव्यक्ति ।…
Book | |
---|---|
ISBN | 9789937772037 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | दीनानाथ शर्मा |