भुँडीपुराण प्रकाशनको “नासो” वरिष्ठ कथाकार गुरुप्रसाद मैनालीको कथासंग्रह हो ।
यस कृतिमा एघारवटा सामाजिक लघुकथाहरू छन् जुनमध्य धेरैजस्तो कथाहरू २००७ सालको कनक्रान्तिभन्दा अघि लेखिएका हुन् ।
नेपाली जनजीवनलाई असाध्य कलात्मकतासाथ कथाकारका कथाहरूले चित्रण गरेका छन् ।
कथाकारको आफ्नै विशेषताचाहिँ हामी पाउँछौँ हाम्रा ग्रामीण जीवनका वेदनात्मक पक्षका चित्रणमा ।
उहाँका सबैजस्तो कथाहरू विरह, शोक र पीडाका प्रतीकको रूपमा उभिएका छन् । यस सङ्ग्रहमा कुनै पनि कथा छैनन्, जसले हाम्रा आँखामा आँसु नल्याओस् ।
| Book | |
|---|---|
| ISBN | 9789937772242 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | गुरुप्रसाद मैनाली |