भुँडीपुराण प्रकाशनको “नेपालको भूगोल” डा. गोपीकृष्ण पाण्डेद्वारा तयार पारिएको संकलन सामग्री हो ।
यस पुस्तकमा समावेश गरिएका विभिन्न किसिमका विषयवस्तुहरूले नेपालको भूगोलको ज्ञानको क्षेत्रलाई थप फराकिलो बनाउन सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ ।
नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश भएकोले यहाँ थोरै उचाइमा पनि धेरै प्राकृतिक अवस्थामा परिवर्तन हुन्छ । नेपालमा धेरैजसो मानिसहरू ग्रामीण, दुर्गम एवं पिछडिएको क्षेत्रमा बसोबास गर्ने भएको हुँदा यो क्षेत्रलाई राम्रोसँग नचिनेको खण्डमा एवं विकास गर्न नसकेको अवस्थामा समग्र राष्ट्रको उन्नति हुन सक्दैन । त्यसैले नेपालको वस्तुस्थिति भूगोलको सन्दर्भमा बुझ्न नितान्त आवश्यक छ ।
| Book | |
|---|---|
| ISBN | 9789937772457 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | डा. गोपी कृष्ण पाण्डे |