प्रजातान्त्रिक समाजवादका महर्षि आचार्य नरेन्द्रदेव र उनको
 समाजवादी विचार

Price:

NPR 490.00


प्रजातान्त्रिक समाजवादका महर्षि आचार्य नरेन्द्रदेव र उनको समाजवादी विचार

भुँडीपुराण प्रकाशनको “प्रजातान्त्रिक समाजवादका महर्षि आचार्य नरेन्द्रदेव र उनको समाजवादी विचार” प्रा.डा. राजेश गौतमद्वारा तयार पारिएको जीवनी हो ।

NPR 490.00 490.0 NPR NPR 490.00

NPR 490.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “प्रजातान्त्रिक समाजवादका महर्षि आचार्य नरेन्द्रदेव र उनको समाजवादी विचार” प्रा.डा. राजेश गौतमद्वारा तयार पारिएको जीवनी हो ।

‘प्रजातान्त्रिक समाजवाद’ को इतिहासमा आचार्य नरेन्द्रदेवको चरित्र र विचार एक ‘प्रकाश स्तम्भ’ झैँ नै रहेको छ । उनी आदर्श शिक्षक, आदर्श राजनेता, आदर्श मानव थिए । आज जुन देश जुन गतिले नैतिक पतनतर्फ अगाडि बढिरहेको छ, त्यसबाट रक्षा गर्नका लागि आचार्य नरेन्द्रदेवजस्ताको जीवन चरित्रले देशको वर्तमान एवं भावी पिँढीहरूलाई एक निश्चित मार्ग निर्देशन गरिरहेको हुन्छ ।

आचार्य नरेन्द्रदेव समाजवादको विश्वस्तरीय विचारक थिए । उनी मार्क्सवादी थिए । तर कम्युनिस्टहरूसँग उनको विचार र कार्यशैली बेग्लै थियो । उनले एसियाली देशहरूको अतिरिक्त ब्रिटेन, चीन, जर्मनी र अस्ट्रेलियाको भ्रमण गरेका थिए । उनी युरोप तथा एसियाका अनेकौँ समाजवाद एवं साम्यवादी नेताहरूको सम्पर्कमा आएका थिए । त्यस समय ती नेताहरूसँग उनको समाजवादी रचना र सिद्धान्तहरूमाथि पनि छलफलहरू भएका थिए भने आफ्नो भ्रमणको समयमा उनले ‘समाजवादी विचार’हरूको सम्बन्धमा भाषणहरू पनि गरेका थिए ।

Book
ISBN 9789937784238
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) प्रा.डा. राजेश गौतम