भुँडीपुराण प्रकाशनको “चैतु काका” अमृता पाठक चौलागाईँद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
कृष्ण धरावासीका शब्दमा, “यस सङ्ग्रहमा भएका कथाहरूले हाम्रै समाजमा हुने गरेका घटना र मनोदशालाई चित्रण गरेका छन् । सामान्य र देखिभोगिरहेकै कुराहरू राम्रो प्रस्तुतिले पठनीय भएका छन् । वैवाहिक सम्बन्धभित्रका दुर्व्यवहार, सामाजिक शोषण, आर्थिक दूरी, जातीय उत्पीडन, प्रेमका विविधता, मनोवैज्ञानिक विश्लेषण आदि कुराले कथाहरू पठनीय बनेका छन् । अधिकांश कथाहरू अँध्यारो पक्षलाई उधिनेर बाहिर निकाल्न प्रयत्नरत छन् । त्यसैले यस सङ्ग्रहभित्रका कथामा हाँसो, खुसी, आनन्द, मनोरञ्जन खोज्नुभन्दा आफू बसिरहेको समाजमा जीवन कहाँ कसरी कठ्याङ्ग्रिइरहेको रहेछ भन्ने कुरा बुझ्नतिर लाग्नुपर्ने बोध हुन्छ ।”
| Book | |
|---|---|
| ISBN | 9789937784245 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | अमृता पाठक चौलागाईं |