भुँडीपुराण प्रकाशनको “आस्थापुञ्ज” अग्निशिखाद्वारा तयार पारिएको अन्तर्राष्ट्रिय मामिला विश्लेषण हो ।
पुस्तकबाट साभार:
“आस्थाको यात्रामा धेरै साथी मिसिए, हराए। कसैले मिठो सम्झना दिए, कोही धुमिल भए। कसैले आस्थाको पछ्यौरीलाई आन्दोलनको झण्डा बनाए, कसैले लगौंटी लगाए । तर पनि आस्थाको यात्रामा लस्कर लम्बिरह्यो । मुक्तिकामी नायक-नायिकाको जीवनगाथामा मन रमाउन थाल्यो । तिनका शब्द-शब्द आन्दोलनका आलोक थिए। तिनका प्रतिवद्धता क्रान्तिका मार्गनिर्देश थिए । अफ्रिकादेखिका मुक्तियोद्धाहरू हाम्रो सगरमाथामा बास बस्न आए। र, भलाकुसारी गरे हामीसँग…”
| Book | |
|---|---|
| ISBN | 9789993344964 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | अग्निशिखा |